Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्वाइस किड्सका अन्तिम ८ प्रतिस्पर्धी घोषणा


    आइतबार, बैशाख २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको पछिल्लो सप्ताहन्तका एपिसोडबाट आठ जना प्रतिस्पर्धी फिनालेमा पुगेका छन् । शनिबारको एपिसोडमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगी अन्तिम चरणमा प्रवेश गरे ।

    यो टेलिभिजन कार्यक्रम प्रत्येक शुक्रबार र शनिबार हिमालय टिभी एचडीबाट राति ८ बजे प्रसारण हुँदै आएको छ ।

    दर्शकको मतको आधारमा यी प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्दा अन्य रुचाइएका प्रतिस्पर्धी भने शोबाटै बाहिरिएका छन् । गत शुक्रबारको एपिसोडमा टिम मिलन नेवारबाट सृष्टि लामा र निशित बिके तथा टिम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरेका थिए ।

    आगामी जेठ ५ गते हुने फिनालेमा भ्वाइस किड्सले विजेता प्राप्त गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार