Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठक बस्दै, गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने, खतिवडालाई सल्लाहकार !


    शुक्रबार, भाद्र १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय गरिसकेपछि आज त्यो निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद बैठक बस्दैछ । राष्ट्रियसभाको सांसद मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ । राष्ट्रियसभामा राष्ट्रपतिले मनोनीत गर्ने एक सांसद पद ६ महिनादेखि रिक्त थियो ।

    बिहीबार बसेको नेकपाको सचिवालय बैठकले बामदेवलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नै त्यसको प्रस्ताव गरेका थिए ।

    वामदेव राष्ट्रियसभामा सांसद बनेसँगै अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल पनि समाप्त हुँदैछ । आजको मन्त्रिपरिषद् बैठक नै उनको लागि अन्तिम हुनेछ । उनी आजै मन्त्रिपरिषदमा राजीनामा बुझाएर अर्थ र संचार मन्त्रालयबाट बिदाइ हुँदैछन् ।  तर, उनलाई प्रधानमन्त्रीको सल्लाहकार बनाउनेबारेमा पनि छलफल भइरहेको छ । बिष्णु रिमाललाई अमेरिकाको राजदूत बनाएर खतिवडालाई मुख्य सल्लाहकार बनाउनेबारेमा पनि छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ । अर्थमन्त्रालय प्रधानमन्त्रीले आफैं राख्ने, संचार मन्त्रालयको जिम्मा प्रदीप ज्ञवालीलाई दिने चर्चा पनि चलाइएको छ ।

    त्यसो त वामदेव गौतमले उपप्रधानसहित अर्थमन्त्री दाबी गरे पनि उनी सरकारमा जाने सम्भावना कम छ । उनको स्वभावका कारण पनि प्रधानमन्त्री उनलाई सरकारमा लैजाने पक्षमा नभएको बताइन्छ । अर्थसहित सञ्चार, सहरी विकास मन्त्रालयमा मन्त्री नियुक्तिका लागि पनि नेकपाभित्र छलफल अघि बढेको छ । भदौभित्रे मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी पनि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार