काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आजै राजीनामा दिंदैछन् । राष्ट्रियसभामा उनलाई सांसद मनोनीत नगर्ने संंकेत बुझिसकेका उनले बुधबारै राजीनामा दिने तयारी गरेका थिए । उनले राजीनामा दिने कुरा राष्ट्रपति विद्या भण्डारीलाई भेटेर समेत बताएका थिए । तर प्रधानमन्त्री ओलीेले नै उनलाई रोकेका थिए । बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामाको कुरा गर्दा शुक्रबार बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकसम्म बस्नुपर्छ, त्यहीँ राजीनामा दिनुहोला भनी रोकेको बालुवाटार स्रोत बताउँछ । बुधबार बिहान नेकपा अध्यक्षद्धय केपी ओली र प्रचण्डबीच वार्तापछि र वामदेव–ओली वार्ताअघि खतिवडा बालुवाटार पुगेर राजीनामा दिन चाहेका थिए ।
आज मन्त्रिपरिषदमा राजीनामा दिएपछि पत्रकार सम्मेलन गर्ने खतिवडाको तयारी छ । त्यससँगै उनी अर्थमन्त्रालयबाट बिदाई हुनेछन् । र, लगत्तैपछि संचार तथा सूचना प्रविधि मन्त्रालयमा उनको बिदाइ हुनेछ । खतिवडा मन्त्रीबाट बिदा भएपछि अब बिचौलियाको ग्राण्ड डिजाइनमा नेकपाका केही नेताको निशाना उपप्रधानमन्त्री पोख्रेलतिर सोझिने अनुमान पनि राजनीतिक क्षेत्रमा भइरहेको छ । अब पार्टी उपाध्यक्ष बामदेब गौतमलाई उपप्रम बनाएर पोख्रेललाई हटाउने खेल सुरु भएको चर्चा हुन थालेको छ । नेकपाको अध्यक्ष, नभए महासचिब हुने तयारी गरेका पोख्रेल पार्टीभित्र त्यति रुचाइएका नेता होइनन् न त सरकारमा राम्रो क्षमता नै प्रदर्शन गर्न सकेका छन् । वामदेव गौतमका कारण युवराजपछि ईश्वर पोखरेलको पद संकटम परेको छ ।
अर्थमन्त्री को होला ?
यसैबीच, अर्थमन्त्री डा. युवराज खतिवडा नेपाल कम्युनिष्ट पार्टीमा एकपछि अर्को अवसर पाउनेमा पर्दछन् । राजाको शासनकालदेखि गणतन्त्रसम्म पनि उनका लागि फलिफाप सिद्ध भएको छ । योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रबैंकको गभर्नर हुँदासम्म त उनी सम्बन्धित विभागीय मन्त्रीसँग जवाफदेही भए हुन्थ्यो, तर अर्थमन्त्री नै भएपछि त उनले सबै नेताका कुरा सुन्नुपर्ने हो । तर बालुवाटारका खरिदारले भनेको पनि मान्ने तर नेकपाका शीर्षनेताले कुनै सिफारिस गर्दा त्यो नेताको हुर्मत लिन पछि नपर्ने भएकाले पनि पार्टीका नेताहरु उनीसँग रुष्ट थिए । खतिवडाको यही स्वभावका कारण उनलाई हटाउनका लागि वातावरण बनाउने काम ओली पक्षकै नेताहरु महासचिव बिष्णु पौडेल, सुवास नेम्वाङ, यतिसम्म कि प्रधानमन्त्रीकै मुख्य सल्लाहकार बिष्णु रिमालसमेत लागेको बालुवाटारको बुझाइ रहेको छ ।
यसैबीच, प्रधानमन्त्री केपी ओली अर्थमन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगरी आफैंसँग राख्ने पक्षमा छन् । स्रोतका अनुसार उनी डा. खतिवडालाई मुख्य राजनीतिक सल्लाहकार बनाउन चाहन्छन् । हालका मुख्य सल्लाहकार विष्णु रिमाललाई अमेरिकाको राजदूत बनाई खतिवडालाई प्रवेश गराउन लागिएको छ । संचार मन्त्रालय प्रदीप ज्ञवालीलाई दिने संभावना छ । अर्थ मन्त्रालय प्रधानमन्त्रीले नै राखी खतिवडालाई नै हेर्ने ब्यवस्था मिलाउन लागिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend