मुकेश काफ्ले र बिष्णुप्रसाद धिताल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेस शुभेच्छुक संस्था समन्वय विभाग’ मा ४८ जनालाई मनोनीत गरेका छन् ।
बिहीबार सभापति देउवाद्वारा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरुलाई मनोनित गरेका हुन् ।
सभापति देउवाले विभागको उपप्रमुखमा मनोनीत गरेका बिष्णुप्रसाद धिताल एपेक्स डेभेलपमेन्ट बैंकबाट अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा २०७४ चैत २ मा पक्राउ परेका थिए । उनीसहितका १३ जनालाई एपेक्स बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ हानी पुर्याएको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले पक्राउ गरेको थियो । बैंकिङ कसुरका आरोपी धिताललाई देउवाले शुभेच्छुक समन्वय विभागमा मनोनीत गरेका छन् ।
त्यसैगरी, नेपालमा १८ घन्टा लोडसेडिङ गर्ने नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेलाई पनि उनले विभागमा मनोनीत गरेका छन् । काफ्लेलाई हटाएर २०७३ मा कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएपछि नेपालमा लोडसेडिङ युगको अन्त भई उज्यालो नेपालको अवधारणा आएको थियो ।
विभागमा मनोनीत हुनेहरुको नामावली
१. उपप्रमुख विष्णु धिताल (लम्जुङ)
२. सचिव विनिता अधिकारी (दोलखा)
३. सदस्य सर्वधन राई (खोटाङ)
४. सदस्य हेमन्त मल्ल (दाङ)
५. सदस्य तिलकबहादुर मल्ल (मुगु)
६. सदस्य मुकेश काफ्ले (महोत्तरी)
७. सदस्य श्याम पोखरेल (पर्सा)
८. सदस्य इच्छाबहादुर वाग्ले (बारा)
९. सदस्य गोविन्द शर्मा पौडेल (बाग्लुङ)
१०. सदस्य रामबहादुर देउवा (कैलाली)
११. सदस्य उमेशप्रसाद थानी (सुर्खेत)
१२. सदस्य जितबहादुर मडै (डडेल्धुरा)
१३. सदस्य दिपेन पाठक (झापा)
१४. सदस्य बलराम सरदार (मोरङ)
१५. सदस्य खेसबहादुर मगर (उदयपुर)
१६. सदस्य भरत पोखरेल (खोटाङ)
१७. सदस्य राजन खत्री (मोरङ)
१८. सदस्य गोविन्द चामलिङ (उदयपुर)
१९. सदस्य कृष्णदत्त पनेरु (कञ्चनपुर)
२०. सदस्य सन्तोष गुप्ता (सप्तरी)
२१. सदस्य सुवास यादव (सिरहा)
२२. सदस्य सुरेन्द्रकुमार न्यौपाने (सर्लाही)
२३. सदस्य पुनम चौधरी (सिरहा)
२४. सदस्य राजन के.सी. (काठमाडौं)
२५. सदस्य उद्धव दाहाल (काठमाडौं)
२६. सदस्य हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक)
२७. सदस्य निगेन्द्रराज शर्मा (ललितपुर)
२८. सदस्य दिपक बीर कुँवर (कास्की)
२९. सदस्य काशीकुमार जोशी (पर्वत)
३०. सदस्य जीवन शर्मा (तनहुँ)
३१. सदस्य कमलकिशोर घिमिरे (दाङ)
३२. सदस्य भागवता विष्ट (प्यूठान)
३३. सदस्य वासुदेव दिन पौडेल (रुपन्देही)
३४. सदस्य डोलकराम घिमिरे (कपिलवस्तु)
३५. सदस्य कमल वि.क. (अर्घाखाँची)
३६. सदस्य जगतजंग थापा (दैलेख)
३७. सदस्य भावना शाही (कालिकोट)
३८. सदस्य धनबहादुर शाही (धीरेन्द्र) (कैलाली)
३९. सदस्य भोजकुमार श्रेष्ठ (ओखलढुंगा)
४०. सदस्य मीनबहादुर सिंह (कञ्चनपुर)
४१. सदस्य रतनबहादुर साउँद (कञ्चनपुर)
४२. सदस्य जगतबहादुर रावल (कैलाली)
४३. सदस्य सुधिर अधिकारी (सर्लाही)
४४. सदस्य रमेश पुरी (चितवन)
४५. सदस्य दिपेन्द्र के.सी. (सुनसरी)
४६. सदस्य राजु उप्रेती (महोत्तरी)
४७. सदस्य हरिहर गौतम (वर्दिया)
४८. सदस्य विष्णुमाया पौडेल (चितवन)
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend