Nepal Face
  • आइतबार, १० साउन २०८३
  • क्षति भएका ठाउँको पुनःनिर्माण गर्नुपर्ने


    बिहिबार, भाद्र १८ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अविरल वर्षासँगै आएको बाढी र पहिराबाट क्षति भएका ठाउँलाई व्यवस्थित र पुनःनिर्माण गर्न प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेको बताएका छन् । 

    बाढी र पहिराबाट विस्थापित र मृत्यु भएका आफन्तलाई राहत वितरण तथा क्षतिको स्थलगत अनुगमन गर्न हेलिकप्टरमार्फत आज बाजुरा पुग्नुभएका मुख्यमन्त्री भट्टले वर्षाले ठाउँ ठाउँमा पहिरो आएकाले यसको व्यवस्थित पुनःनिर्माण गर्न प्रदेशले प्रमुख प्राथमिकतामा राखेको बताए। उनले बस्ती विकास कार्यक्रमका लागि प्रदेश सरकारले योजना तथा नीति बनाउन थालेको मुख्यमन्त्री भट्टले बताए । 

    लामो समयदेखि सदरमुकाम मार्तडीसँग अन्य स्थानीय तहसँगको समन्वय टुटेकाले सडकमा आएको पहिरो हटाउने कार्य तत्काल शुरु गर्ने मुख्यमन्त्री भट्टले आश्वासन दिए। बाढी पहिराबाट पीडितलाई राहत वितरण तथा क्षतिको अनुगमन गर्न गृह जिल्ला पुग्नुभएको आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले बाजुराका लागि एकीकृत मुख्यमन्त्री बस्ती विकास कार्यक्रम लागू गर्नुपर्ने माग गरे । 

    जिल्लाका अम्कोट, बजेडी गुम्लागाउँ, सिम्ला, गुइवन, घागर कोल्टी, ओलेनालगायतका बस्तीलाई स्थान्तरण गर्नुपर्ने भएकाले प्रदेश सरकारले एकीकृत बस्ती विकास गर्नुपर्ने र जग्गा जमीन सङ्घीय सरकारले उपलब्ध गराउनुपर्नेमा मन्त्री शाहले जोड दिए।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार