काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बसेको सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ । पार्टीको निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभाको सदस्य पदमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछन् ।
गौतमलाई पठाउने निर्णयपछि अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा यात्रामा पूर्णबिराम लागेको छ । र, उनी अब मन्त्रीबाट पनि भदौ २१ बाट पदमुक्त हुनेछन् । सांसद नभएको ब्यक्ति ६ महिनाभन्दा बढी समय मन्त्री हुन कानुनतः पाइँदैन । वामदेव गौतमलाई राष्टियसभामा पठाउने निर्णशय नेकपा सचिवालय बैठकले २०७६ फागुन १४ मै गरेको थियो । जुन निर्णय प्रधानमन्त्री ओलीले नमानेपछि नेकपामा विवाद बढ्दै बढ्दै उनको राजीनामा माग्ने तहसम्म पुग्यो, आजको सचिवालय बैठकले गएको फागुन १४ गरेकै निर्णयलाई दोहोर्याएको छ । त्यतिबेलै गौतमलाई राष्ट्रियसभामा पठाएको भए पार्टीमा विवाद बढ्दैनथ्यो भन्छन् नेताहरु ।
नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख समेत रहेका विष्णु रिजालले सामाजिक संजालमा लेखेका छन–‘नेकपामा विवादको सुरुवात नै कमरेड वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने ०७६ फागुन १४ को सचिवालय बैठकको सर्वसम्मत निर्णय कार्यान्वयन नगर्नाले भएको थियो । ६ महिनासम्म अनेक प्रयोग र खेलपछि अन्ततस् पार्टी निर्णय कार्यान्वयन हुने स्थिति बन्नुलाई पनि खुसीकै कुरा मान्नुपर्छ । कम्युनिस्ट पार्टीमा सामूहिक नेतृत्व र कमिटी प्रणाली नै निर्णायक हुने परिपाटी स्थापित भइरहने अपेक्षा गरौं ।’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend