Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रियासा दाहाल र भिक्टर पौडेल विवाह बन्धनमा


    बुधबार, बैशाख २० २०८०
    2.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्यारोडी–कमेडीबाट कला क्षेत्रमा होमिएकी रियाशा दाहालले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी छन् । ३९ लाख फलोअर भएको चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक पौडेल र मोडेल दाहालको बुधबार विवाह भएको हो ।

    दाहाल र पौडेल लामो समयदेखि प्रेममा रहेका थिए । रुटिन अफ नेपाल बन्दले देशमा घटेका घटनाक्रमहरुको संक्षिप्त जानकारी पस्किने गरेको छ । रियासा युट्युब स्टार, कलाकार तथा मोडलका रूपमा चिनिन्छन् । उनले गीत तथा सिरियलहरुमा अभिनय गरेकी छिन् ।

    रियासा ‘कलेज नेपाल’ शीर्षकको युट्युब च्यानलबाट चर्चामा आएकी हुन् । कलेज नेपाल युट्युब च्यानलपछि उनले एकपछि अर्को सफलता पाउँदैआएकी छन् । तस्वीरः रियाशा दाहालको फेसबुकबाट साभार

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार