काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकको समय सरेको छ । बिहान ११ बजेका लागि तोकिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको थाहा भएको छ ।
आजको सचिवालय बैठकमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल हुने तालिका थियो । तर पछिल्लो समय नेकपा उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा जाने इच्छा व्यक्त गरेसँगै आजको बैठकमा सो विषयमा समेत छलफल हुने भएको हो ।
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा. युवराज खतिवडालाई लैजान चाहेका छन् । तर सचिवालयका बहुमत त्यसको विपक्षमा रहेका छन् ।
यसअघि नेकपाको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेकाले सो निर्णय विपरीतको काम गर्न नहुने सचिवालयका बहुमत सदस्यको भनाइ छ ।
उपाध्यक्ष गौतमले पनि आफूलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
यसबारे बुधबार प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो । प्रचण्डले पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएपछि सोही दिन राति ओलीले गौतमलाई बालुवाटारमा बोलाएर छुट्टै छलफल गरेका थिए ।
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गत संसदीय सुनुवाइ समिति जारी छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बैठक जारी छ। बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल...
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवोदित सत्ताधारी दलभित्र असमझदारी बढ्दै गएको विषय लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend