Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गण्डकीका मुख्यमन्त्रीले २१ वैशाखमा विश्वासको मत लिने


    आइतबार, बैशाख १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते दिउँसो २ बजे विश्वासको मत लिने भएका हुन् ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

    १४ वैशाखमा मुख्यमन्त्री नियुक्त नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेले १५ वैशाखमा शपथ ग्रहण गरेका थिए । सोही क्रममा उनले २ जना मन्त्री पनि नियुक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार