Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत


    सोमबार, जेष्ठ २८ २०८१
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभामा उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ३१ सांसदको मत परेको थियो । विपक्षमा २८ मत परेको छ ।

    उनलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिएका हुन् ।

    आजको मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए । यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार