Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • आज जनकपुरमा जानकी नवमी मनाइँदै


    शनिबार, बैशाख १६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। आदर्श नारी सीताको आजकै दिन मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी मनाइँदै आज पनि जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।

    वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ ।

    जानकी नवमीको अवसरमा आज बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर र जनक मन्दिर गायतको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरुको भीड लागेको छ ।

    जानकी मन्दिर व्यवस्थापन पक्षले जानकी नवमीको अवसरमा विभिन्न कार्यक्रम आयोजन गरेको छ ।

    आज बिहानै दुधमती नदीमा स्नान, १० बजेदेखि मन्दिरमा बधाइगान, १२ बजे प्राकट्य उत्सव, साँझमा जानकी डोला यात्रा, रातिमा तिल्कोत्सव र पुनः बधाई गानको कार्यक्रम राखिएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले जानकारी दिए ।

    जानकी नवमीमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार