काठमाडौं । कोरोना महामारीले काठमाडौं उपत्यकामा भयावह रुप लिइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र महाधिवेशनका कारण आन्तरिक महाभारत मच्चिरहेको छ । आगामी फागुन ७ मा उदघाटन गर्नेगरी मिति तय भएको महाधिवेशन कोरोना महामारीलाई देखाएर सार्ने खेल भइरहेको छ । फागुनको महाधिवेशन सार्ने पक्षमा देउवा छन् । २०७६ फागुनमा कार्यकाल सकिएका देउवाले १ बर्ष कार्यकाल बढाएका थिए । बिधानको ब्यवस्था अनुसार उनले १ बर्ष बढाएका हुन् । बढाएको १ बर्षे अवधिभित्र फागुनमा महाधिवेशन गर्नुपर्नेमा कोरोनाको बहानामा थप ६ महिना पर सार्ने दाउमा उनी छन् । २०७८ भदौमा महाधिवेशन नहुने हो भने संविधान संशोधन गरेर मात्रै पार्टीको बैधानिकता जोगाउनुपर्ने हुन्छ । त्यसैले ढिलोमा पनि अर्को बर्ष भदौमा कांग्रेसको महाधिवेशन गर्नुपर्ने बाध्यता देउवासामु छ ।
विगत महाधिवेशनमा पार्क भिलेज होटल बुढानीलकन्ठमा हुने कांग्रेसका गोप्य भेलाहरु अहिले अर्बपति ब्यापारी विनोद चौधरीको भिभान्ता होटल सानेपामा हुन थालेका छन् । महाधिवेशनको चर्चासँगै कांग्रेसका बिचौलिया र ब्यापारी सक्रिय हुन थालेका छन् । अघिल्लो हप्ता भिभान्ता होटलमा कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री डा सशांक कोइरालाबीच गोप्य छलफल भएको कुरा सार्वजनिक भएको खुलासा भएको छ ।
भिभान्तामा भएको छलफलमा पदीय भागबण्डा गरिएको कुरा पनि बाहिरिएको छ । स्रोतका अनुसार आउँदो निर्वाचनपछि कांग्रेसको बहुमत आउने आँकलन गर्दै राष्ट्रपति रामचन्द्र पौडेल हुने, प्रधानमन्त्री शेरबहादुर देउवा र सभापति सशांक कोइराला र महामन्त्रीमा आरजु देउवा बनाउने बिषयमा छलफल भएको थियो । सशांकलाई समेत साथमा लिएर देउवाले भिभान्ताको गोप्य भोजमा पद बाँडफाँड गरेको थाहा पाएपछि केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । र, बरिष्ठ नेता रामचन्द्र पौडेलले एकपक्षीय रुपमा विभाग गठनदेखि पेल्दै लगेकाले सामूहिक राजीनामा दिने कुरा उठाएका छन् । यद्यपि पौडेल समूहमा लफडैलफडा छ । उक्त समूहमा १४ औं महाधिवेशनमा पार्टी सभापति को बन्ने भन्ने चरम विवाद छ । पौडेल समूहमा सशांक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंहदेखि अर्जुननरसिंह केसीसम्मले सभापतिमा दाबी गरेका छन् ।
आरजुको नाम महामन्त्रीमा आएपछि देउवा गुटमै असन्तुष्टी पैदा भएको छ । विशेषगरी उपसभापति विमलेन्द्र निधिले देउवाको यस्तो प्रवृत्तिको बिरोधमा सभापतिमा उम्मेदवारी नै घोषणा गरेका छन् । निधिलाई टक्कर दिन देउवाले विजय गच्छदारलाई उपसभापति मनोनीत त गरिसकेका छन् नै सूर्यबहादुर थापाका पुत्र सुनिल थापालाई भित्र्याएर थप बलियो भएको सन्देश प्रवाह गर्न खोजेका छन् । निधिलाई काउन्टर दिन गोपालमान श्रेष्ठलाई सभापतिमा दाबेदारी प्रस्तुत गर्न लगाइएको छ ।
देउवामाथि जसरी पनि आरजुलाई स्थापित गराउन दबाब बढेको भिभान्ता प्रकरणपछि उजागर भएको छ । आरजुले देउवालाई सभापतिमा सशांकलाई अगाडि बढाएर आफूलाई महामन्त्रीमा उम्मेदवार बनाउन दबाब दिइरहेको स्रोत बताउँछ । देउवा पावरमा भएको बेला आरजु महामन्त्री बन्ने तयारीमा छन् । उनले गिरिजाप्रसाद कोइरालाले सुजातालाई टिपेरै उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री नै बनाएको उदाहरण पेश गर्दै खुट्टा नकमाउन झक्झक्याइरहेकी छन् ।
उता, १३ औं महाधिवेशनमा सभापतिमा पराजीत भएर पनि पर्याप्त राजनीतिक लाभ लिएका कृष्ण सिटौला भने पर्ख र हेरको रणनीतिमा छन् । सिटौला सभापतिमा देउवाइतर गुटबाट डा. शेखर कोइराला उम्मेदवार भएमा उनीसँग गठजोड गर्ने पक्षमा छन् । त्यसो हुन नसकेमा उनी देउवातिरै ढल्किने जानकारहरुको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend