Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ११३ जनामा कोरोना संक्रमण पुष्टि


    सोमबार, बैशाख ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार कूल १ हजार ८१० जनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ र १०४४ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ गरी थप ११३ जनामा कोरोना पुष्टि भएको हो ।

    २४ घण्टाको अवधिमा ७२ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यस्तै मृत्यु हुनेको संख्या शून्य रहेको छ भने सक्रिय संक्रमितको संख्या ३६२ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार