Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सम्पन्न उपनिर्वाचनमा ६० प्रतिशत मतदान


    आइतबार, बैशाख १० २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको निर्वाचन आयोगले बताएको हो ।

    आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मत खसेको छ ।

    यसअघि मंसिरमा भएको निर्वाचनमा बारा २ मा ६३.५६, चितवन २ मा ६७.६३ प्रतिशत र तनहुँ–१ मा ५४.०३ प्रतिशत मत खसेको थियो । तीन वटा निर्वाचन क्षेत्रमा गरी तीन लाख ५३ हजार २४७ मतदाता थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार