Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाइजोका कारण श्रीमतीको शरीरमा आगो लगाउने श्रीमान समातिए


    शनिबार, बैशाख ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धनुषामा दाइजोका कारण श्रीमतीलाई आगो लगाएर हत्याको प्रयास गर्ने श्रीमान समातिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठाका ३० वर्षीय राजीव झालाई आज प्रहरीले पक्राउ गरेको हो ।

    बैशाख १ गते दिउँसै मदिरा सेवन गरेर झाले ९ वर्षीय छोरा शिवम्लाई कुटपिट गरेका थिए । श्रीमती श्वेता झाले छोरालाई कुटपिट गरेपछि बचाउने प्रयास गरिन् । सोही क्रममा झाले आमा र भाइको सहयोगमा श्वेताको शरीरमा आगो लगाइदिएका थिए ।

    प्रहरीका अनुसार शुक्रबार स्वेताको माइतीपक्षले श्रीमान्‌सहित देवर, सासू र ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यान मार्ने उद्योगमा उजुरी दिएपछि प्रहरीले पीडितका श्रीमान राजीवलाई पक्राउ गरेको छ । श्वेताको हाल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार