Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचनका कारण त्रिविको वैशाख १० को परीक्षा सर्‍यो


    शुक्रबार, बैशाख ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुन गहिरहेको परीक्षा वैशाख १६ गतेका लागि सारेको छ ।

    चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ । वैशाख ४ गतेदेखि स्नातक तह पहिलो वर्षको परीक्षा सुरु भएको छ । १० गते व्यवस्थापन र मानविकी संकायको केही विषयका परीक्षा सञ्चालन गर्ने कार्यतालिका थियो ।

    निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको आग्रहमा उक्त दिनको परीक्षा वैशाख १६ गते सोही समय र परीक्षा केन्द्रमा सञ्चालन हुने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाए ।

    त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिले परीक्षाको मिति सार्ने निर्णय गरेको हो । अन्य दिनको परीक्षा भने पूर्वप्रकाशित रुटिनअनुसार नै हुने कार्यालयले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार