Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचनका लागि मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?


    शुक्रबार, बैशाख ८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आइतबार हुने उपचुनावअन्तर्गत गए रातिबाट मौन अवधि सुरु भएको छ । गएराति १२ बजेबाट उपनिर्वाचनको मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

    बारा २, चितवन २ र तनहुँ १ मा उपचुनाव तोकिएको छ । मौन अवधि सुरू भएसँगै प्रचार प्रसारमा बन्देज लागेको छ ।

    आयोगका अनुसार यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् । सञ्चार माध्यमले पनि कुनै पनि प्रकारका चुनावी प्रचार सामग्री सम्प्रेषण गर्न मिल्दैन । मतदान सुरू हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो । मतदान नसकिएसम्म मौन अवधि कायम रहनेछ ।

    निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको आयोगले जनाएको छ । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेलारगोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ । निर्देशिकाविपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि जरिवानासम्मको कारबाही हुन सक्ने निर्वाचनसम्बन्धी कानूनमा उल्लेख छ  ।

    के-के गर्न पाइँदैन ?
    – निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने।

    – मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

    – एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

    – अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न नहुने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार