Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फिल्म ‘भगवत् गीता’को सुटिङ रोकियो


    बिहिबार, बैशाख ७ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। चर्चित अभिनेता धिरज मगरले समय नदिएपछि ‘भगवत् गीता’को सुटिङ स्थगित भएको छ । निर्माण टिमले भने मौसमले साथ नदिएको भन्दै निर्माण रोक्ने निर्णय गरेको जनाएको छ ।

    जनकपुरमा पहिलो सेड्युलपछि केही दिनको विश्रामपछि पोखरा पुगेको टोली धिरजको पर्खाइमा केही दिन यत्तिकै बसेको थियो । तर धिरज पहिला ‘ज्याकी आइ एम ट्वान्टी’को ट्रेलर लन्चका काठमाडौँ आए भने यसपछि प्रमोसनका लागि देश दौडाहामा निस्कने तयारीमा छन् ।

    यसरी ‘ज्याकी आइ एम ट्वान्टी’को प्रमोसनबाट धिरजलाई फुर्सद् नहुने भएपछि ‘भगवत् गीता’को टोली बीचैमा सुटिङ रोकेर फर्किएको हो । पोखराको सुटिङपछि त्यतैको गाउँमा बाँकी सुटिङ गर्ने चर्चा थियो ।

    धिरजले नभ्याएपछि सम्भवतः जेठबाट मात्र फिल्मको बाँकी सुटिङ सुरु हुनेछ । झरना थापाको निर्देशन रहेको फिल्ममा धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार