Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • प्रकाश सपुतको ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा


    बुधबार, बैशाख ६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको नयाँ गीत सार्वजनिक दिन देखिनै चर्चामा रहँदै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ ।

    गायक सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । बिहीबार भने उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

    ५ दिन अगाडि सार्वजनिक गीतले दिन प्रतिदिन चर्चाको शिखर चढ्दो छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल यो गीतले उक्त स्थानमा आफ्नो कब्जा कायमै राखेको छ ।

    गीतले बुधबार समाचार तयार गर्दासम्म ८२ लाख बढी भ्युज आउन सफल भएको छ । सम्भवतः नेपाली गीतले यतिको छोटो अवधिमा यति धेरै भ्युज पाएको यो पहिलो हो । गीतमा सपूतकै शब्द, सङ्गीत र स्वर छ । गीतको सङ्गीत संयोजन भने सुदीप सागरले गरेका हुन् । गीतमा सपूतलाई बर्ता गन्धर्वले स्वरमा साथ दिएकी छन् ।

    गीतको भिडियोलाई लिएर भने विभिन्न आलोचना भइरहेका छन् । कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवती (फूलमाया) को कथा बुनिएको उक्त भिडियोले कला क्षेत्रलाई नकारात्मक देखाएको टीकाटिप्पणी भइरहेको छ । केही सङ्घसंस्थाले गीत हटाउन माग गर्दै विरोधका विज्ञप्ति पनि जारी गरेका छन् ।

    भिडियोका निर्देशक सपूत आफैँले गरेका हुन् । भिडियोमा एउटा महिलाले घरपरिवारका लागि गर्ने कर्तव्य समेत देखाइएको छ । भिडियोमा सपूतको अलावा कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय भिडियोमा देख्न सकिन्छ ।

    पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गायक सपुत बोल माया, गलबन्दी, पीर र कुरा बुझ्नुपर्छ लगायतका सिर्जना यसका ज्वलन्त उदाहरण हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार