Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • बिरामी बोकेको एम्बुलेन्स त्रिशुलीमा खस्यो, पाँच जना घाइते


    मंगलबार, भाद्र १६ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । काठमाडौंबाट सर्लाहीतर्फ बिरामी बोकेर जाँदै गरेको एम्बुलेन्स त्रिशुली नदीमा खसेको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्। 

    मंगलबार बिहान ना ५ च १०३३ नम्बरको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका ३, पानीधारामा अनियन्त्रित भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    दुर्घटनामा घाइते भएका पाँच जनालाई उपचारको लागि भरतपुर अस्पताल ल्याइएको छ।  घाइते मध्ये चारको अवस्था सामान्य र एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार