Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण पूर्वन्यायाधीश चालिसेसहित चार जनाको मृत्यु


    मंगलबार, भाद्र १६ २०७७
    735
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जना पूर्वन्यायाधीशको मृत्यु भएको छ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

    मुटु रोगी समेत रहेका चालिसे विगत पाँच दिनदेखि गंगालालमा उपचाररत थिए । काठमाडौं निवासी चालिसे तत्कालीन पुनरावेदन अदालत पोखराका मुख्य न्यायाधीशबाट रिटायर्ड भएका हुन् ।

    त्यस्तै कोरोनाबाट थप चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित ६५ वर्षका पुरुषको सोमबार राति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

    त्यस्तै वीरगञ्जमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र अर्का ६० वर्षीय पुरुषको मृत्यु भएको हो । चितवनमा पछि एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    चितवन मेडिकल कलेजमा उपचारत हेटौंडा उपमहानगरका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनीहरु सबैको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार