Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सत्ता गठबन्धनका शीर्ष नेता आज तनहुँ जाने


    बुधबार, बैशाख ६ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनका नेता आज तनहुँ जाने भएका छन् । तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन् ।

    आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न नेताहरु आज तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँले बताएको छ ।

    प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार