Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जबर्जस्ती स्वास्थ्य सामग्री पसल बन्द गराउन दबाबः केमसानकै सदस्यले उकासेको आरोप


    मंगलबार, भाद्र १६ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । सरकारले गएको भदौ ३ देखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले कोभिड–१९ महामारी रोकथामका लागि निषेधाज्ञा जारी गरेको १२ औं दिन सोमबार त्रिपुरेश्वरमा स्वास्थ्य सामग्री बिक्री गर्ने पसलहरुमा एकाएक तोडफोड हुन थाल्यो । १५–२० जनाको समूहले किन पसल खोलेको भन्दै बन्द गराउन थाल्यो । होहल्लापछि स्वास्थ्य सामग्रंी पसलहरु बन्द भए ।

    स्वास्थ्य सामग्री बिक्री र ओसारपसार गर्नेलाई निषेधाज्ञामा पनि सरकारले ब्यवसाय संचालन गर्न छुट दिएको छ । औषधि पसलहरु सबै खुल्ला छन् । तर सोमबार त्रिपुरेश्वरमा किन एक समूह पसल बन्द गर्न दबाब दिन आयो त ? यो भने कौतुहलको बिषय बनेको छ । स्वास्थ्य सामग्री बिक्रmेताहरुको संगठन केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन (केमसान)का अधिकांश सदस्यहरुका त्रिपुरेश्वरमा बिक्री केन्द्र छन् । निषेधाज्ञामा खुद्रा औषधि पसल खोल्न त सरकारले रोक नलगाएको अवस्थामा थोक बिक्री गर्ने स्थान खुल्नु स्वभाविक हो । तर त्रिपुरेश्वरमा पसल खुल्ला हुँदा आफ्नो बिक्री कम भएकाले केही सर्जिकलले स्थानीय क्लवका युवाहरुलाई प्रभावमा पारी स्वास्थ्य सामग्री पसल बन्द गराउन दबाब दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार ११ नम्बर वडाबाट आएको भन्दै उनीहरुले गैरकानुनी रुपमा पसल बन्द गराएका छन् । स्वास्थ्य सामग्री पसल बन्द गराउन सरोकारवाला सरकारी निकायले निर्देशन नदिएको अवस्थामा केही ब्यक्तिले वडा कार्यालयको हवाला दिंदै बन्द गर्न दबाब दिए । जुन कानुन बिपरीत हो ।

    यसरी पसल बन्द गर्न स्थानीय क्लवका ब्यक्तिलाई प्रभावमा पार्ने काम भने केमसानकै केही सदस्यले गरेको स्रोत बताउँछ । स्रोतका अनुसार ओम सर्जिकलका रामशरण भण्डारी, विकास सर्जिकलका अक्क्लबहादुर भण्डारी, सनराइज सर्जिकल हाउसका सीताराम कार्की र भण्डारी सर्जिकलका प्रेम भण्डारीले नै यसरी पसल बन्द गराउन उकासेको आरोप छ । यी चार कम्पनीले कालोबजारी गर्नका लागि नै उकासेको आरोप छ । त्रिपुरेश्वरमा पसल र छुट्टै गोदाम समेत रहेका उनीहरुले पसल बन्द गराएर आफ्नो मात्र स्वास्थ्य सामग्री बिक्री गर्नका लागि यस्तो षडयन्त्र गरेको आरोप त्रिपुरेश्वरका सर्जिकल ब्यवसायीको आरोप छ । यसले केमसानमा समेत भित्रभित्रै असन्तुष्टी पैदा गराएको छ । आफ्नो सामान बिक्री गर्न युवाहरुलाई गलत रुपमा प्रयोग गरेको आरोप यी चार ब्यवसायीमाथि लागेको छ ।

    केमसानका अधिकांश ब्यवसायीको त्रिपुरेश्वरमा बिक्रीकेन्द्र त छ छुट्टै गोदाम नभएकाले चार कम्पनीले स्थानीय केही युवाहरुलाई कोरोना फैलिन्छ भन्दै पसल बन्द गर्न उकासेका छन् । स्रोतका अनुसार यसका लागि यी चार कम्पनीले केही लगानी समेत गरेको स्वास्थ्य ब्यवसायी स्रोत बताउँछ । केमसानका अध्यक्ष सुरेश घिमिरेले भने ब्यवसायीकै योजनामा पसल बन्द गराउन खोजेको कुरा अस्वीकार गरे । उनले भने ‘के भएको हो, म बुझ्दैछु । केमसानका सदस्यले बन्द गर्न लगाउने कुरा हुनै सक्दैन । अरु कुरा म बुझेपछि मात्रै भन्नसक्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार