Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु


    सोमबार, बैशाख ४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि बढेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार १४१ पुगेको हो।

    पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेमा गुजरातमा ६,युपीमा ४,दिल्ली राजस्थानमा ३-३,महाराष्ट्रमा २,बिहार छत्तीसगढ,हिमाचल प्रदेश,झारखण्ड,केरल तथा तमिलनाडुमा १/१ जना रहेका छन्।

    सोही अवधिमा ९ हजार १११ नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ६० हजार ३१३ पुगेको छ। पछिल्‍लो २४ घन्टामा ६ हजार ३१३ संक्रमित कोरोनामुक्त भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार