काठमाडौँ। आज काठमाडौँ टोखामा बिस्का जात्रा धुमधामका साथ मनाइँदैछ । टोखाको बिस्का जात्रालाई काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो मानिन्छ ।
जात्रा मनाउन टोखा नगरपालिकाले पालिकाभर सोमवारका लागि सार्वजनिक विदा दिने घोषणा गरेको छ । भक्तपुरमा झै बिस्का जात्रा काठमाडौँको प्राचीन वस्ती टोखामा पनि अपूर्व हर्षोल्लासका साथ मनाउने गरिन्छ ।
टोखा बिस्का नखः भनिने गरिएको बिस्का जात्रा टोखामा हरेक नयाँ बर्षको बैशाख १ गतेदेखि ४ गतेसम्म धुमधामका साथ मनाउने गरिन्छ। भोट अर्थात तिब्बतसंगको महत्वपूर्ण व्यापारिक केन्द्र मानिएको टोखा चाकुका लागि प्रख्यात शहर हो । भक्तपुरको झै पुरानाको मानिएको टोखाको बिस्का जात्रामा पनि काठमाडौँ उपत्यकासहित बिभिन्न स्थानबाट जात्राप्रेमीहरु पुग्ने गरेका छन् ।
विशेषत उपत्यकाका काठ क्षेत्रका वासिन्दा पनि टोखाको बिस्का जात्रामा चार दिन नै सहभागी भएर हर्षपूर्वक मनाउने गर्छन् । ऐतिहाँसिक तथा सांस्कृतिक महत्व बोकेको जात्राका कारण टोखामा नयाँ बर्षका सुरुका दिनहरुमा लाखौ मानिसहरु पुग्ने गरेका छन् ।
सपनतीर्थ, चण्डेश्वरी मन्दिर, भुतखेलको आकर्षणसहित टोखाको बिस्का जात्राको महत्व पनि आफैमा पृथक रहदै आएको छ । अझ दक्ष प्रजापतिले यज्ञ गरेको स्थानकोरुपमा पनि टोखाको परिचय झल्काउने गरिएको छ ।
सपनतीर्थ मेलासंग जोडिने गरेको टोखाकोविस्केट जात्रा घोडेजात्रा अघि लिङ्गो गाढे पछि प्रारम्भ हुने चलन छ । जात्राको चार दिन अघि खोला थुनेर पोखरी बनाइन्छ । त्यहि पोखरीमा नुहाउन वैशाख १ गते श्रद्धालुहरु पुग्ने गर्दछन् । यो जात्रा औपचारिकरुपमा चार दिन भनिएपनि आठ दिनसम्म जात्रा मनाउने चलन अझै पनि विद्यमान छ । जात्राका क्रममा पूजाआजा गर्नुका साथै नेवार समुदायले आफ्नो भेषभुषा र संस्कृति झल्किने पहिरन लगाउने चलन छ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend