Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेल बेलायत भ्रमणमा जाने


    आइतबार, बैशाख ३ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने भएका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेका हुन् ।

    बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले राष्ट्रपतिको सचिवालयलाई भ्रमणको अनौपचारिक जानकारी गराएका छन् ।

    बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६ मे अर्थात २३ वैशाखमा हुँदैछ । त्यसका लागि राष्ट्रपति पौडेल २१ वा २२ वैशाखमा जाने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । राष्ट्रपतिको रुपमा पौडेलको यही नै पहिलो विदेश भ्रमण हुने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार