Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, ३७७ जना संक्रमित


    आइतबार, बैशाख ३ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्‍ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

    यस्तै पछिल्लो समय कोरोना भाइरस दिन प्रतिदिन बढ्दै जाँदा कोरोनाको सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ भने संस्थागत आइशोसेलनमा ३७ जना, आइसीयूमा ११ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार