काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाबिरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । पौडेलसहित इन्जिनियरिङ मार्केटिङ कन्सर्न प्रा.लि. मेपटेक विल्डिङ सर्भिसेस प्रा.लि.का परामर्शदाता वास्तुशिल्प एसोसिएट्स समेतका निर्देशक गरी ९ जनाबिरुद्ध मुद्दा दर्ता गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रले Power System in Security Printing Press and Pressurized Fuel Storage Tank को खरिद कार्यमा बदनियतपूर्वक मिलोमतो गरी कमिसन लिएर ठेक्का प्राप्त गरी कार्य गरेको हुँदा बोलपत्र ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाहीको माग गर्दै परेको उजुरीमा अनुसन्धान गरी मुद्दा दर्ता गरेको आयोगले जनाएको छ ।
उक्त खरिद कार्यमा अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौताविपरीत गुणस्तरहीन इलेक्ट्रिकल ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भएभन्दा फरक Country of Origin भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने Bulk Fuel Tank System को खरिद गर्ने कार्य गरी नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेकाले मुद्दा दर्ता गरेको उल्लेख छ ।
सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न ९ जनाबिरुद्ध मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । पौडेलसँग अख्तियारले रु. ६९ करोड लाख ८१ हजार ८ सय ५४ रुपैयाँ ७० पैसा बिगो मागदाबी गरेको छ ।
अख्तियारले केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल, हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत सीडीई नवीनकुमार पोखरेल, हाल सूचना प्रविधि केन्द्रमा कार्यरत सहायक निर्देशक रमेशप्रसाद पोखरेल, समावेशी आयोगमा कार्यरत शाखा अधिकृत मनिकमान महर्जन, लेखाअधिकृतबाट सेवनिवृत्त रामबहादुर बुढा, जिल्ला समन्वय समितिमा कार्यरत शाखा अधिकृत शिरिष उपाध्यायबिरुद्ध पनि मुद्दा दर्ता गरिएको छ ।
त्यसैगरी, इन्जीनीयरीङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधान, मेपटेक बिल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जन, परामर्शदाता बास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौबिरुद्ध मुद्दा दर्ता गरेको छ ।
यीमध्ये नवीनकुमार पोखरेल शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयबाट परामर्शदाता छनोटका लागि सुरक्ष मुद्रण केन्द्रमा प्रतिनिधिका रुपमा खटिएका थिए । रमेशकुमार पोखरेल सुरक्षण मुद्रण केन्द्रमै कार्यरत थिए ।
नवीन पोखरेलसँग रु. ४९ करोड ४६ लाख ३५ हजार ४५ रुपैयाँ ७० पैसा बिगो दाबी गरिएको छ । रमेशप्रसाद पोखरेलसँग रु.२० करोड ३८ लाख ९३ हजार ८ सय २७ रुपैयाँ ६३ पैसा बिगो दाबी गरिएको छ ।
त्यस्तै अख्तियारले शाखा अधिकृत मनिकराम महर्जनसँग ३ करोड ४४ लाख ६८ हजार ७२९ रुपैयाँ, रामबहादुर बुढासँग १९ करोड ८८ लाख ९४ हजार २८९ रुपैयाँ ३२ पैसा बिगो दाबी गरिएको छ ।
शाखा अधिकृत शिरिष उपाध्यायसँग रु. ४० करोड १ लाख ३९ हजार ७३६ रुपैयाँ, इन्जीनीयरीङ मार्केटिङ कन्सर्न प्रालिका प्रबन्ध निर्देशक रोहितमान प्रधानसँग
२३ करोड ४४ लाख ९६ हजार ९२१ रुपैयाँ ३२ पैसा बिगो मागिएको छ ।
त्यसैगरी, मेपटेक बिल्डिङ सर्भिसेज प्रालिका निर्देशक भुवन महर्जनसँग रु. ४३ करोड ५७ लाख ४२ हजार ३६८ रुपैयाँ मागिएको छ भने बास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौसँग रु. ८ लाख ६९ हजार ९७ रुपैयाँ ३८ पैसा बिगो मागदाबी गरी मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend