Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • कोरोनाबाट चितवनमा पनि एक वृद्धको मृत्यु


    आइतबार, बैशाख ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पछिल्लो समय व्यापक रुपमा बढ्दै गरेको कोरोना भारसको संक्रमणबाट चितवनमा पनि एक जनाको मृत्यु भएको छ।

    कोरोनाबाट भरतपुर महानगरपालिका-१० का ६४ वर्षीय वृद्धको मृत्यु भएको स्वास्थ कार्यालय चितवनले जनाएको छ। स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा चापागाईँका अनुसार निमोनियाका कारण चितवन मेडिकल कलेजमा भर्र्ना भएका वृद्धमा कोरोना संक्रमण देखिएको थियो।

    चितवनमा अहिले १० जना सक्रिय सङ्क्रमित छन्। स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा आठ, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक संक्रमित छन्। उनीहरू होम आइसोलेशनमा बसिरहेका छन्।

    यसअघि कोरोनाबाट धनगढीमा पनि एक जनाको मृत्यु भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार