Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यसरी मनाइयो भक्तपुरमा सिन्दुरे जात्रा (तस्बिरहरु)


    शनिबार, बैशाख २ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भक्तपुर। आज भक्तपुरको मध्यपुर थिमीमा सिन्दुर जात्राको रौनक सुरु भएको छ। मध्यपुरथिमी क्षेत्रमा सिन्दूरले रंगिएर सिन्दुरे जात्रा मनाइएको छ। मध्यपुर थिमिमा बासिन्दाले शनिबार बिहान ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

    थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो। बिस्केट जात्राको अवसरमा थिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।

    हरेक नयाँ वर्षको भोलिपल्ट मध्यपुर ठिमीमा सिन्दूरजात्रा मनाउने गरिन्छ । चलन अनुसार मध्यपुर तिमिवासीहरूले एक आपसमा सिन्दूर छ्यापेर बाजागाजा तथा नाचगानसहित जात्रा मनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार