Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने भन्छन्- हाम्रो विरुद्ध सबै दल एकजुट भए, जनताको साथले चाँडै मुलुकको नेतृत्व गछाैं


    शुक्रबार, बैशाख १ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यही वैशाख १० को उपनिर्वाचनमा अन्य सबै दल मिलेर रास्वपाविरुद्ध लागेको बताएका छन्।

    चितवत २ स्थित रामनगरको चुनावी सभालाई सम्बोधन गर्दै उनले जस्तोसुकै षड्यन्त्र भएपनि चाँडै आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने बताए।उनले भने, ‘यसपटकको निर्वाचनमा एकजना मात्रै होइन तीन जना नै संसदमा जानेगरी तयारी गरिरहेका छौं। तनहुँमा हिजो स्वणिम वाग्लेको चुनावी प्रचारमा पुगेको थिए। यस्तै जनलहर उहाँमा पनि छाएको छ। बारामा पनि रमेश खरेको पक्षमा पनि यस्तै जनलहर छाएको छ। यही जनलहरलाई निरन्तता दिएर हामीले चाँडै नै मुलुकको नेतृत्व सम्हाल्ने सोच बनाइसकेका छौँ। यो जनताको चाहना र आकांक्षालाई कसैले पनि रोक्न सक्दैन।’

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार