Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • जोमसोम जाँदै गरेको बस पल्टँदा ४ जना घाइते


    शुक्रबार, बैशाख १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • म्याग्दी। काठमाडौंबाट मुस्ताङको जोमसोमतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ। आज जोमसोमतर्फ जाँदै गरेको घोडाघोडी कम्पनीको बा ४ ख ९६७४ नम्बरको यात्रुबाहक बस दुर्घटनामा हुँदा त्यसमा सवार ४ जना यात्रु घाइते भएका छन् ।

    बेनी–जोमसोम सडकको तिप्ल्याङखण्ड अर्न्तगत अन्नपूर्ण गाउँपालिका, १ मा पर्ने तिप्याङ नजिकै शुक्रबार बिहान करिब ९.४५ बजे सडकबाट तल बारीमा पल्टँदा घाइते भएका ४ जनालाई अन्नपूर्ण गाउँपालिकाको एम्बुलेन्समा उपचारका लागि बेनी अस्पताल पठाइएको तिप्ल्याङ प्रहरी चौकीले जनाएको छ ।

    प्रहरीका अनुसार साढे १० बजे घाइते लिएर एम्बुलेन्स बेनीतर्फ लागेको र घाइतेहरुको विवरण खुलिसकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार