Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए नयाँ वर्षको शुभकामना


    शुक्रबार, बैशाख १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडाैं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज नयाँ वर्ष २०८० को अवसरमा विश्वभरि छरिएर रहेका प्रदेशवासीसहित सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि, एवं दीर्घायुको शुभकामना व्यक्त गरेका छन् ।

    विगतको अनुभवबाट शिक्षा लिएर आगामी यात्रा तय गर्न आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले नयाँ वर्षले देशमा दिगो शान्ति, सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भावसहित आर्थिक समुन्नतिका लागि जोश, जाँगर र उत्साह पैदा गरी समाजमा विद्यमान अन्धविश्वास, कुरीति, कुसंस्कारलाई हटाउँदै न्यायपूर्ण सभ्य र सुसंस्कृत समाज निर्माण गर्न हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनी शुभकामना दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार