काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिका–४ स्थित सिप्टी जाने सडक खण्डको बासिडाँडामा प्रेमी–प्रेमिका मृत अवस्थामा भेटिएका छन् ।
दार्चुलाका डिएसपी तर्कराज पाण्डेका अनुसार नौगाड–४ घर भएका लोकेन्द्र ठगुन्ना र सन्जिला धामीको शव भेटिएको हो । सडकबाट करिब २५० मिटर तल भेटिएको शव प्रहरीले आज बिहान उठाएर अस्पतालमा पठाएको छ । मृतकहरु दुवैजना १७ वर्षका छन् ।
किशोरीको शरीरमा चोटपटक लागेको छ । प्रेमीको शव भिरमा अड्किएको अवस्थामा भेटिएको छ । घटनास्थमा आंशिक फुटेको अवस्थामा मोबाइल भेटिएको डिएसपी पाण्डेले जानकारी दिए ।
चैत २९ मा उनीहरु मेला हेर्न घरबाट बासिडाँडातर्फ लागेका थिए । उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend