काठमाडाैँ। देशका विभिन्न स्थानबाट लागुऔषधसहित सातजना पक्राउ परेका छन् । झापाकाे मेचिनगर नगरपालिका-१३ धाईजन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ९ ग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीया अनुजा राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
ईलामकाे चुलाचुली गाउँपालिका-३ पेल्टिमारी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर ५४ मिलिग्राम र नगद १५ हजार ५ सय ४० रूपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरां सोही ठाउँ बस्ने २७ वर्षीय अमर राई र ३१ वर्षीय अर्जुन राई रहेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-२ भवानी मार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय ६० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय प्रकाश साउद र सोही उपमहानगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० भुडाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ३० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-३ बिचपुरी बस्ने २६ वर्षीय करन डगौरा र २४ वर्षीय अजय चौधरी रहेका छन् । उक्त स्थानमा सु.प.प्र.०२००३ प ४२४७ नम्बरको मोटरसाइकल रोकी उभिइरहेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend