Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड सरकारमा कांग्रेसका शेखर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री


    बिहिबार, चैत्र ३० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा कांग्रेसका शेखर कोइराला समूहले समेत तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

    आज बिहान बसेको शेखर समूहको बैठकमा नेता कोइरालाले आफ्नो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने जानकारी गराएका हुन् ।
    सोही क्रममा उनले उपनिर्वाचनपछि मात्रै सरकारमा सहभागी हुने बताए ।

    कांग्रेसभित्र सभापति शेरबहादुर देउवा र शेखर समूहमा मन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

    गत ११ पुसमा प्रधानमन्त्री बनेको प्रचण्डले हालसम्म सरकारलाई पूर्णता दिन नसक्दा आलोचित हुँदै आएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार