Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, १२१ जनामा संक्रमण


    बुधबार, चैत्र २९ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमणबाट आज बुधबार पनि थप एकजनाको मृत्यु भएको जनाएको छ ।

    मन्त्रालयका अनुसार बुधबार १२१ जना कोरोना संक्रमित भेटिएका छन् र एक जनाको मृत्यु भएको छ ।

    यसअघि मंगलबार पनि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसअघि भने २३ पुसमा मात्र कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

    हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४४५ पुगेको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार