Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्यमा भण्डारीको उम्मेदवारी


    मंगलबार, चैत्र २८ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । उद्योग वाणिज्य महासंघको चैत २९ मा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा मेडिकल उद्यम क्षेत्रमा सफल ब्यवसायी रामशरण (आरएस) भण्डारीले कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका छन् ।

    महासंघको भोलि काठमाडौंमा हुने निर्वाचनमा भण्डारीले एसोसिएटतर्फ कार्यकारिणी सदस्यका लागि उम्मेदवारी दिएका हुन् । उद्योग वाणिज्य महासंघमार्फत् उद्यमीहरुका मुद्दा उठाउने र देशको अर्थतन्त्रमा योगदान गर्ने अजेन्डासहित चुनावी मैदानमा होमिएको उनले बताएका छन् ।

    धुम्बाराहीस्थित अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न ह्याम्स अस्पतालका अध्यक्ष हुन् भण्डारी । कोभिड उपचारका बेला थुप्रै बिरामीको ज्यान बचाउने काम ह्याम्स अस्पतालले गरेको थियो । कोभिडको समयमा पहिलो रोजाइको उत्कृष्ट अस्पताल बनेको थियो ह्याम्स । कोभिडको समयमा थुप्रै नेपालको ज्यान बचाएका कारण ह्याम्सका अध्यक्ष भण्डारीले अन्तर्राष्ट्रिय अवार्ड समेत पाएका छन् ।

    सिन्धुपाल्चोक खाडीचौरमा ५५ बेडको सिन्धु सदाबहार अस्पताल र सिन्धु सदाबहार नर्सिङ कलेज स्थापना गरेर भण्डारीले कोभिड संकटको बेला गाउँ गाउँमा स्वास्थ्य सामग्री पुर्याएका थिए । उनले कोभिडपछि पनि जिल्लामा स्वास्थ्य शिविरहरू सञ्चालन गरिरहेका छन् ।

    भण्डारी स्वास्थ्य उपकरण व्यवसायी समेत हुन् । उनले प्रवल जनसेवाश्री पदक पाएका छन् । उनले युरोपियन इन्टरनेशनल युनिभर्सिटी पेरिसबाट विद्यावारिधीको उपाधी समेत पाएका थिए ।
    स्वास्थ्य क्षेत्रका अलावा उद्योग व्यवसायका क्षेत्रमा रोजगारी, सेवा र देशको अर्थतन्त्रका लागि भण्डारीको भूमिकालाई राज्यले समेत सम्मान गर्दै आइरहेको छ । अब महासंघमा रहेर देशकै निजी क्षेत्रको मुद्दा उठाउने उनको उद्देश्य छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार