Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘नाईं नभन्नु ल ६’ वैशाख १ गते प्रदर्शन नहुने


    मंगलबार, चैत्र २८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली चलचित्र नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज नहुने भएको छ। सेन्सर प्रक्रिया पूरा नभएका कारण फिल्मको रिलिज स्थगित गरिएको निर्देशक विकास आचार्यले जानकारी दिए।

    ‘केही दिनअघि नै हामीले फिल्मलाई चलचित्र विकास बोर्डमा सेन्सरको लागि पठाएका थियौं। तर, अहिलेसम्म बोर्डले सेन्सर स्वीकृति दिएको छैन। सोहीदिन रिलिज हुने अन्य फिल्महरुको सेन्सर पास भएर अग्रिम बुकिङ समेत खुलिसक्यो। जसकारण हामीले फिल्मको डेट सार्ने निधो गरेका हौं। अब बैशाख १५ गते फिल्म रिलिज गर्ने कुरा छ,’ उनले भने।

    फिल्मका निर्माता सञ्जय न्यौपानेको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले सेन्सर सिफारिस नदिएको बताइएको छ।

    फिल्ममा आर्शिवाद क्षेत्री र आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय छ। विकाससँगै सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले यस फिल्मको कथा/पटकथा लेखेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार