काठमाडौं। नेपाली चलचित्र नाइँ नभन्नु ल ६’ आगामी वैशाख १ गते रिलिज नहुने भएको छ। सेन्सर प्रक्रिया पूरा नभएका कारण फिल्मको रिलिज स्थगित गरिएको निर्देशक विकास आचार्यले जानकारी दिए।
‘केही दिनअघि नै हामीले फिल्मलाई चलचित्र विकास बोर्डमा सेन्सरको लागि पठाएका थियौं। तर, अहिलेसम्म बोर्डले सेन्सर स्वीकृति दिएको छैन। सोहीदिन रिलिज हुने अन्य फिल्महरुको सेन्सर पास भएर अग्रिम बुकिङ समेत खुलिसक्यो। जसकारण हामीले फिल्मको डेट सार्ने निधो गरेका हौं। अब बैशाख १५ गते फिल्म रिलिज गर्ने कुरा छ,’ उनले भने।
फिल्मका निर्माता सञ्जय न्यौपानेको आर्थिक लेनदेनलाई लिएर चलचित्र विकास बोर्डमा उजुरी परेपछि बोर्डले सेन्सर सिफारिस नदिएको बताइएको छ।
फिल्ममा आर्शिवाद क्षेत्री र आँचल शर्मा, सरोज खनाल, प्रियंका कार्की, केकी अधिकारी, अनुभव रेग्मीलगायतको अभिनय छ। विकाससँगै सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले यस फिल्मको कथा/पटकथा लेखेका हुन्।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend