Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ६० लाख भन्दा बढीका भन्सारछलीका हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक प्रहरी नियन्त्रणमा


    सोमबार, चैत्र २७ २०७९
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बीरगंज । वीरगञ्जबाट चितवनतर्फ लैजाँदै गरेको बिलविजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रक प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं १३ पावरहाउस चोकस्थित सडकखण्डबाट ना २ ख ९३८९ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

    उक्त मालवाहक ट्रकभित्र लोड रहेका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू अन्दाजी ६० लाख ३८ हजार १ सय ८८ रुपैयाँ बराबरका मालबस्तुहरू रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रहरीका अनुसार बरामद ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार