Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा


    सोमबार, चैत्र २७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ । दुई दिन अगाडि मात्र सार्वजनिक गरिएको टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको हो । पहिलो भागले नेपाल र भारतलगायत विश्वभर चर्चा पाएको थियो ।

    यसैगरी उक्त टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । फरार पुष्पालाई खोज्न प्रहरीको स्पेसल फोर्स परिचालन गरिएको छ । एक महिनादेखि निरन्तर सहरमा प्रदर्शन भइरहेको छ । अचानक जंगलमा बाघसँग पुष्पा आमनेसामने भएको दृश्य टेलिभिजनमा देखिएपछि नागरिकमा उल्लास छाउँछ ।

    वर्षकै प्रतिक्षित सिनेमा ‘पुष्पा’मा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जयलगायत मुख्य भूमिकामा छन् ।

    सुकुमार बान्द्रेडीको कथा तथा निर्देशन रहेको सिनेमाको पहिलो सिरिजले राम्रो कमाइ गरेपछि दोस्रो सिरिज प्रतिक्षित बनेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार