काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको छ । दुई दिन अगाडि मात्र सार्वजनिक गरिएको टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा परेको हो । पहिलो भागले नेपाल र भारतलगायत विश्वभर चर्चा पाएको थियो ।
यसैगरी उक्त टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । फरार पुष्पालाई खोज्न प्रहरीको स्पेसल फोर्स परिचालन गरिएको छ । एक महिनादेखि निरन्तर सहरमा प्रदर्शन भइरहेको छ । अचानक जंगलमा बाघसँग पुष्पा आमनेसामने भएको दृश्य टेलिभिजनमा देखिएपछि नागरिकमा उल्लास छाउँछ ।
वर्षकै प्रतिक्षित सिनेमा ‘पुष्पा’मा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जयलगायत मुख्य भूमिकामा छन् ।
सुकुमार बान्द्रेडीको कथा तथा निर्देशन रहेको सिनेमाको पहिलो सिरिजले राम्रो कमाइ गरेपछि दोस्रो सिरिज प्रतिक्षित बनेको हो ।
काठमाडौं । नेपालीहरुको महान् पर्व बडादशैंअन्तर्गत आज विजया दशमी मनाइँदै छ । आज मान्यजनबाट देवीको प्रसादका रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ...
काठमाडौं। महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि नै सर्वसाधारणका लागि खुला गरिएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक...
काठमाडौँ। लामो समयदेखि रिक्त लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) लाई नियुक्त गरिएको छ। संस्कृति,...
काठमाडौँ। सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि खुल्ला दरखास्त आह्वान गरेको छ। मन्त्रालयले बोर्डको अध्यक्ष पदमा एक जना योग्य उम्मेदवार छनोट...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend