Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच सातामा ‘छक्का पञ्जा ४’ले कमायो २१ करोड


    आइतबार, चैत्र २६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ले २१ करोडको व्यापार गरेको छ। गत फागुन १९ गतेबाट प्रदर्शनमा आएको यस फिल्मले पाँच सातामा बक्सअफिसमा २१ करोड कलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिए।

    छैटौँ सातामा पुग्दा पनि फिल्मलाई दर्शकको राम्रो साथ रहेको उनले बताए। उनी भन्छन्, ‘छक्का पञ्जा ४ लाई दर्शकको राम्रै साथ छ। पाँच सातामा फिल्मले २१ करोड कमाइ गरिसकेको छ। शुक्रवार र शनिवारको कलेक्सन भने आउन बाँकी नै छ।’

    राम्रो व्यापार गरेतापनि यस फिल्मले ‘कबड्डी ४’ को रेकर्ड भने तोड्न सकेको छैन। यसैवर्ष रिलिज भएको रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ले २४ करोड कमाएको थियो। यो हालसम्म नेपालको सर्वाधिक व्यापार गर्ने फिल्म हो।

    हेमराज बिसी निर्देशित फिल्म ‘छक्का पञ्जा ४’ राजनीतिक विषयवस्तुमा आधारित छ। फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा), नीर शाह, निर्मल शर्मा, राज आचार्यलगायतका कलाकारहरूको अभिनय छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार