काठमाडौं । भीम अस्पताललाई अभिरुची बचत तथा ऋण सहकारी संस्थाले स्टील सोफा प्रदान गरेको छ । संस्थाले १३औं वािर्षक स्थापना दिवस तथा ६६औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर अस्पतालमा रहेको बिरामीलाई फलफूल वितरणसहित दुई थान स्टील सोफा प्रदान गरेको हो ।
आर्थिक तथा वित्यि कारोबार गर्दै आएको संस्थाले समुदाय स्तरमा पनि संस्थाको अपनत्त्व लिन सामाजिक क्षेत्रमा लगानी गर्ने उद्देश्यले भीम अस्पताललाई आवश्यक स्टील सोफा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष जीवन प्रकाश पाण्डेले बताए ।
सरकारी अस्पतालको चासो समुदायिक संस्थाले पनि गर्ने रहेछन भन्ने सन्देश दिन यस क्षेत्रकै पुरानो अस्पतालको रुपमा रहेका यस अस्पतालमा बिरामी र कुरुवाको सहजताका लागि अस्पतालकै समन्वयमा स्टील सोफा प्रदान गरिएको हो । दिवसकै अवसर पारेर अस्पतालमा उपचार्राथ विरामीहरुलाई फलफूल समेत वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै भीम अस्पताल व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद भण्डारीले यस क्षेत्रका संस्थाहरुबाट निरन्तर सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग हुँदै आएकोले अस्पतालको गुणस्तर र सेवा प्रवाहमा सहजता भएको बताए । अस्पतालको स्रोत साधन कम भए पनि अस्पताललाई गुणस्तरीय बनाउन संस्थाहरुको ठूलो सहयोग हुँदै आएको बताउदै कोभिड पछि सरकारी अस्पताल राम्रो हुनु पर्छ भने अभियान चलेपछि सहयोग आउने क्रम पनि बढ्दो र निरन्तर रहेको बताए ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
जनकपुर । आईसीयू अभाव हुँदा सर्पदंशका बिरामीको उपचारको क्रममा मृत्यु भएको घटनालाई लिएर प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. जामुनप्रसाद सिंह मधेश प्रदेशअन्तर्गतको स्वास्थ्य तथा...
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशकको दरबन्दी १२ औं तहको हो । तर स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ११ औं तहका बालरोग बिशेषज्ञ डा....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend