काठमाडौं । बलिउड अभिनेता सलमान खानले ओटीटी प्लेटफर्ममा सेन्सरसिपको आवश्यकता रहेको बताएका छन् । एक अवार्डको पत्रकार सम्मेलनमा उपस्थित सलमानले ओटीटीमा सेन्सरसिपको आवश्यकता औँल्याएका हुन् ।
‘मलाई लाग्छ कि ओटीटीमा सेन्सरसिप आवश्यक कुरा हो । गालीगलौज, अश्लीलता र अन्तरङ्ग दृश्यमा प्रतिबन्ध लगाउनुपर्छ । १५ देखि १६ वर्ष उमेर बालबालिका पनि ओटीटी हेर्छन् । यदि तपाईंको छोरी छ र उसले यी सबै कुरा हेर्छ भने उसलाई कस्तो लाग्ला । मेरो बुझाइमा यसका लागि सेन्सरसिप आवश्यक छ’, उनले भने ।
सलमानअघि कैयौं सेलिब्रेटीले पनि ओटीटीमा सेन्सरसिप हुनुपर्ने माग राख्दै आएका छन् । सलमानको फिल्म ‘किसीका भाई किसीकी जान’ रिलिजको तयारीमा छ । फिल्म अप्रिल २१ मा रिलिज हुँदैछ ।
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend