Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाली सेनाले माग्यो विभिन्न पदमा कर्मचारी


    शुक्रबार, चैत्र २४ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। भर्ना छनोट निर्देशनालयले प्राड, प्राविधिक, हवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरेको हो ।

    सेनाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्न १३७ जना माग गर्दै आज गोरखापत्रमा सूचना निकालेको छ।

    १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरूष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्ने छन्। उचाई भने पुरूषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने सूचनामा उल्लेख छ।

    सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ। भरेको फारम प्रिन्ट गरेर स्वयम नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्ने छ। १० को टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ। दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ।

    आजदेखि २०८० वैशाख २३ गतेसम्म तोकिएको भर्ना केन्द्रमा पुगेर दरखास्त फारम बुझाउन सकिने छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार