Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • उपनिर्वाचनको आचारसंहिता आजदेखि लागू, क–कसलाई लाग्छ ?


    शुक्रबार, चैत्र २४ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको छ । चितवन-२, बारा-२ र तनहुँ-१ मा हुन लागेको उपनिर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको हो ।

    निर्वाचन आयोगले शुक्रबारदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता २०७९ को सम्पूर्ण व्यवस्था लागू गरेको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विभिन्न २३ व्यक्ति, निकाय तथा अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको जानकारी दिए ।

    प्रवक्ता पौडेलका अनुसार उपनिर्वाचन हुने चितवन, बारा र तनहुँमा नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुने छ ।

    आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न गराउन आवश्यक व्यवस्था मिलाउन तीन वटै जिल्लाका जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार