k'l:tsf ;fj{hlgsLs/0fdf ;xefuL–k|d …k|r08Únufot
sf7df8f}F !) r}t M k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú z'qmaf/ k|wfgdGqL tyf dlGqkl/ifbsf] sfof{no, /fli6«o tYofÍ sfof{noåf/f oxfF cfof]lht /fli6«o glthf sfo{qmddf …/fli6«o hgu0fgf–@)&* sf] k|ltj]bg k'l:tsfÚ ;fj{hlgsLs/0f ug{'x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;
काठमाडौं । नेपालमा यसअघिका तथ्याङ्कले देखाएभन्दा निकै नै कम मातृ मृत्युदर रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का क्रममा गरिएको दोहोरो अध्ययनबाट मातृ मृत्युदरको वास्तविक स्वरूप पत्ता लगाइएको हो ।
नयाँ तथ्याङ्कअनुसार मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा १५१ जना रहेको छ । यो पनि उच्च मृत्युदर नै मानिन्छ । नेपालले दिगो विकासको लक्ष्य भेट्न मातृ मृत्युदर प्रतिएक लाख जीवित जन्ममा ७० भन्दा कम गर्नुपर्छ ।
यसअघिका जनगणना र सर्वेक्षणले भने यो दर अहिलेभन्दा निकै बढी देखाएका थिए । २०६८ को जनगणनाले नेपालमा प्रतिएक लाख महिलामध्ये चार सयको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको थियो ।
त्यसको विश्लेषणमा विविधीकरण नहुँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नमुना छनोटका आधारमा २८ जना महिलाको मृत्युदरको घटनालाई आधार मानेर छुट्टै सर्वेक्षण गरी कुल एक लाख महिलामा २३९ मातृ मृत्युदरको अनुपात देखाएको थियो ।
यस्तो अन्योल हटाउन यस पटक भने दोहोरो विधि अपनाइएको थियो । राष्ट्रिय जनगणनाका गणकले घरधुरीमा मातृ मृत्युको घटना पत्ता लगाएपछि स्वास्थ्यकर्मीको अर्को टोली पुगेर समग्र अध्ययन गरेको थियो । त्यस क्रममा गणकबाहेक झन्डै एक हजार स्वास्थ्यकर्मीले मातृ मृत्युदरसँग सम्बन्धित विवरण सङ्कलन गरेका थिए ।
यसका लागि २०७७ मङ्सिर १० देखि २०७८ मङ्सिर ९ सम्मका मातृ मृत्युदरको घटनालाई आधार मानिएको थियो । त्यस अवधिमा भएका कुल ६५३ वटा मातृ मृत्युका घटनामा पनि गर्भावस्थासँग सम्बन्धित मातृ मृत्युका घटना भनेर ६२२ पत्ता लगाइयो । सोही आधारमा ती घरधुरी पत्ता लगाएर मातृ मृत्युदरका विविध विवरण सङ्कलन भएको हो ।
यस विधिबाट मातृ मृत्युदर पत्ता लगाइएको विश्वमा नै पहिलो पटक भएको दाबी गरिएको छ । नेपालको जनगणनाको ११० वर्षको इतिहासमा यसअघि यसरी समन्वयात्मक अध्ययन भएको थिएन ।
मातृ मृत्युदरका कारक तत्वमा गैरप्रसूतिजन्य जटिलता, प्रसूतिका बेला उच्च रक्तस्राव, उच्च रक्तचापजन्य समस्या, गर्भावस्थासँग सम्बन्धित सङ्क्रमण, आत्महत्या, गर्भपतन, शल्यक्रियाका क्रममा एनेस्थेसिया व्यवस्थापनमा समस्या र अन्य कारण छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend