Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सिक्किम हिमपहिरोमा तीन नेपालीसहित सात पर्यटकको मृत्यु


    बुधबार, चैत्र २२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिक्किमको नाथुलामा हिमपहिरोमा परी तीन नेपालीसहित सात जना पर्यटकको मृत्यु भएको छ । गान्तोक नाथुला सडकमा मंगलवार दिउँसो हिमपहिरोमा परी उनीहरुको मृत्यु भएको हो ।

    मृत्यु हुने नेपालीहरूमा दुई जना चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीका मुना शाह श्रेष्ठ रहेका छन् ।

    अन्य उत्तर प्रदेश, पश्चिम बंगाल र कोलकत्ताका रहेको भारतीय सेनाले जनाएको छ । हिमपहिरोमा परी दर्जनौँ घाइते भएको बताइएको छ ।

    घटना स्थानबाट २० जनालाई जीवितै उद्धार गरिएको सेनाले बताएको छ । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार