काठमाडौं । बुटवल पाल्पा सिद्धवावा सडक मंगलवार देखी अबरुद्ध हुने भएको छ । सिद्धबाबा सुरुङ मार्ग निर्माण व्यवसायी चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ कर्पोरेसनले रामा पिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाईभर्सनको कार्य सुरु गरेकाले दैनीक दुइ पटक दिउसो र राती सडक अबरुद्ध हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले बताए ।
सुरुङ मार्ग निमार्णका क्रममा सडक माथिवाट खुकुला ढुङ्गाहरु पहरोबाट झरी कार्य गर्न जोखिम भएकाले खुकुला ढुंगाहरु खसाल्न सडक यातायात आवागमन बन्द गर्ने निर्णय भएको र बन्दका समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् ।
सोमबार सरकोकारवाला निकायहरु संगको बैठकले राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा सहजीकरण गर्न आवश्यक देखिएकोले मंगलबार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म र राति १० बजेदेखि विहान ४ बजेसम्म अर्को सूचना जारी नहुँदासम्म सवारी साधन आवतजावत बन्द गरी सुरक्षित साथ कार्य गर्न स्वीकृति दिने निर्णय गरेको प्रजिअ पोण्डेयले जानकारी दिए।
सडक अबरुद्धका समयमा बेलवास– दोभान सडक खण्ड बैकल्पिक रुपमा प्रयोग गर्न पनि बैठकले आग्रह गरेको छ । साना तथा निजी गाडीहरु र अत्यावश्यक सवारी साधनहरुलाई उक्त बैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । साथै उक्त सडकलाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी आवश्यक पुर्वाधार मर्मत कार्य गर्न परियोजनालाई आग्रह गरेको छ । रुपन्द्येहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयको अध्यक्षतामा बसेको बैठकमा रुपन्देहीका सुरक्षा निकाय , यातायात ब्यावसायी , संचारकर्मी , लगायतको सहभागीता रहेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend