काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन |
चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कार हरु दिएर प्रचार गर्ने चलन बढ्दो छ | यस्तै “बहाव” सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्ड को प्याकेज टुरको पुरस्कार राखेका छन | केही दिन अगाडी चलचित्र ‘बहाव’ को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो |
पुरस्कार जित्न योग्य हुनका निम्ति बहाब चलचित्र को टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ | खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ | नेपालभरीबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ | खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेज को तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन |
साथै खल्ती एपबाट टिकेट काट्दा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने छन | सिनेमा प्रमोशन मा जोडिन पाएकोमा फिल्म बहाब को टिमलाई धन्यवाद दिदै बिजेतालाई उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एम डि होलिडेजकि प्रमुख प्रतिनिधि बिनिता त्वयना ले बताउनु भयो । यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै,” खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खक्ती एप मार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन |
खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो । यसले विभिन्न बिल भुक्तानीहरू, मोबाइल रिचार्जहरू, मनी ट्रान्सफरहरू, घरेलु रेमिटेन्स, किनमेल, चलचित्र टिकट आदिको लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्दछ भने एम डि ट्राभल्स बिगत ६ वर्ष देखि ट्राभल प्याकेजहरु उपलब्ध गरिरहेको एक IATA लाइसेन्स प्राप्त संस्था हो जसका प्रबन्ध निर्देशक लिला बहादुर लामा हुन | दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ |
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् । उनले लेखेका...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend